Home Social पर्वत काँग्रेसले जित्ने बाटो…

पर्वत काँग्रेसले जित्ने बाटो…

by ईलालटिन
0 comment

पर्वत । झट्ट हेर्दा पर्वत काँग्रेसमा व्यक्ति हारेको जस्तो देखिन्छ । तर, त्यो हेराई र बुझाई चाहिँ गलत हो । यहाँको काँग्रेसीमा एउटा प्रवृत्ति यस्तो बस्यो कि त्यो या यो पात्र हराउनै पर्छ । चाहे काँग्रेस नै किन सकियोस् ।

अब यही अवस्थामा पर्वत काँग्रेसले कुनै पनि चुनाव जित्ने छैन । टिकट ल्याउने र नपाउने जमातहरू जति छन् उनीहरूबाट आज पनि र भोलि पनि पर्वत काँग्रेसको जित कुनै मानेमा सम्भव छैन ।

मान्छेको धेरथोरै स्वभाव के हो भने आफूलाई घात गर्नेहरु सँगको बदला हरपल चाहि रहेको हुन्छ । जुन यही चुनावमा पनि प्रस्फुटित भएकै छ । भोलिका दिनमा अर्को आउँदै गर्दा हुने पनि यही नै हो । जुन प्रस्ट नै छ ।

यदि पर्वत काँग्रेसले जित्ने नै हो भने अहिले देखिएका, मानिएका सबै नेताहरूले सक्रिय राजनीतिदेखि बिदा लिएर अभिभावकत्व नलिनुको विकल्प छैन ।

अब पहिलो र दोस्रो घेरा बाहिरबाट आगामी चुनावका लागि उम्मेदवार निकाल्न सक्नुपर्छ । त्यो हिम्मत गर्न सकिएन भने उही सँधैको घात र प्रतिघातको सामना गर्न तयार भएर बस्नु बाहेक कुनै औचित्य रहने देखिँदैन ।  टिप्पणी – सुमन जंग

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com