Home TV नेकपा एमालेका पदम गिरी विजयी

नेकपा एमालेका पदम गिरी विजयी

by ईलालटिन
0 comment

पर्वत । पर्वतको एउटा प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले गठबन्धन दलका उम्मेदवारलाई हराउँदै विजयी बनेका छन् ।

प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पदम गिरीले २९ हजार ८ सय ७२ मत ल्याएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार अर्जुन प्रसाद जोशीले २७ हजार ६ सय ९ मत ल्याएका छन् । उनीहरु बिचको मतान्तर २ हजार २ सय ६३ रहेको छ ।

गिरीले यस अघि २०७४ को प्रतिनिधि सभाको चुनावमा पनि जोशीलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । पराजित जोशीले २०५६, २०६४ र २०७० को चुनाव जितेर ह्याट्रिक गरेका थिए ।

यस निर्वाचन क्षेत्रमा कुल मतदाता सङ्ख्या १ लाख २२ हजार ६ सय ४९ मध्ये जम्मा ६६ हजार २ सय २६ मत खसेको थियो ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com