Home राजनीति पाँच वर्ष अघिको नतिजा उल्टन्छ–जोशी 

पाँच वर्ष अघिको नतिजा उल्टन्छ–जोशी 

by ईलालटिन
0 comment

पर्वत । नेपाली काँग्रेस पर्वतका प्रतिनिधि सभा सदस्य उम्मेदवार अर्जुन प्रसाद जोशीले पाँच वर्ष अघि आफू पराजित हुँदाको नतिजा यसपालि उल्टने दाबी गरेका छन् ।

प्रेस युनियन पर्वतले आयोजना गरेको कार्यक्रममा बोल्दै उम्मेदवार जोशीले गएको प्रतिनिधि सभा सदस्यको चुनावमा वाम गठबन्धन भएकै कारण नेकपा एमालेको जित भएको तर अहिले परिस्थिति ठ्याक्कै उल्टो भएको बताए ।

“पहिले बाम गठबन्धनसँग एक्लै चुनावमा भिड्दा १३ हजार हाराहारीको मतले हारेको थिएँ ।”, उनले भने, “अहिले त्यही बामठबन्धन दल लगायतका दलहरू हामीसँग छन्, जितको यो पहिलो आधार हो । एमालेका उम्मेदवारलाई १३ हजारको मतकै हाराहारीमा पराजित गर्छु ।”

प्रतिनिधि सभा सदस्यका उम्मेदवार जोशीले गठबन्धनका उम्मेदवार सबैले चुनाव जित्नेमा कुनै शङ्का नरहेको समेत बताएका छन् । “अहिले मैले मात्र होइन, प्रदेश (क) बाट सुदिप कुँवर र प्रदेश (ख) बाट ऋषिकेश तिवारीले पनि सहज तरिकाले चुनाव जित्नेमा हामी ढुक्क छौँ ।”

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com