पर्वत । नेपाली काँग्रेसले पर्वतबाट प्रतिनिधि सभाको चुनावमा प्रतिस्पर्धा गर्न अर्जुन प्रसाद जोशीलाई टिकट दिएर अघि सारेको छ ।
मङ्सिर ४ गतेको चुनावमा जोशी नेकपा एमालेका उम्मेदवार पदम गिरीसँग फेरि आमनेसामने हुनेछन् । गिरीले पनि आज नै टिकट हात पारेका हुन् ।
गएको चुनावमा एमालेका उम्मेदवार गिरीले काँग्रेसका उम्मेदवार बनेका जोशीलाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।
त्यति बेला गिरी पहिलो पटक चुनावमा होमिएका कारण नयाँ अनुहार भनेर धेरैले मत हाले पनि यसपालि चाहिँ त्यस्तो नहुने काँग्रेसका नेताहरू बताउँछन् ।
