Home समाचार कब्जा गरेका युक्रेनी सहरमा रुसले पासपोर्ट बाँड्न थाल्यो

कब्जा गरेका युक्रेनी सहरमा रुसले पासपोर्ट बाँड्न थाल्यो

by ईलालटिन
0 comment

काठमाडौं । रुसले दक्षिण युक्रेनमा कब्जा गरेका दुई सहरहरू खेरसन र मेलिटोपोलका स्थानीयहरूलाई रुसी पासपोर्ट वितरण गर्न सुरु गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो प्रक्रियालाई तीव्रता दिइरहँदा युक्रेनले भने रुसको यो कदमको भर्त्सना गरेको छ ।

रुसी समाचार एजेन्सी तासले शनिबार एक समारोहबीच २३ जना खेरसनका नागरिकलाई रुसी पासपोर्ट वितरण गरेको जानकारी दिएको छ । समाचार एजेन्सीले हजारौँले रुसी पासपोर्टका लागि निवेदन दिएको दाबीसमेत गरेको छ ।खेरसनमा रुसले नियुक्त गरेको गभर्नर भोलोदिमिर साल्डोले चाँडोभन्दा चाँडो ‘खारसेनका सबै कमरेड’ हरूले पासपोर्ट र रुसी नागरिकता प्राप्त गर्ने बताए । युक्रेनले भने रुसको यो कदम कानुनीरुपमा शून्य मानिने बताएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com