Home समाचार कञ्चनपुर जिसस निर्वाचन जेठ ३० मा हुने

कञ्चनपुर जिसस निर्वाचन जेठ ३० मा हुने

by ईलालटिन
0 comment

कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही  जेठ ३० गते हुने भएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रमअनुसार जेठ २४ गते मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, मतदाताको विरोधमा उजुरी लिने गरी कार्यक्रम तय गरिएको छ ।

यसैगरी, जेठ २५ गते मतदाताको विरोधमा दिएको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाश गर्ने र उम्मेदवारको मनोनयन प-त्र दर्ता गर्ने जेठ २६ गते मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्र जाँच गर्ने र उजुरीउपर निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम अघि सारिएको छ ।

जेठ २७ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र जेठ ३० गते मतदान गर्ने कार्यक्रम तय गरिएको छ । मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतले सुरक्षितरुपमा प्राप्त गरेपछि मात्रै मतगणनाको कार्य सुरु हुने बताइएको छ । निर्वाचन सम्बन्धित मतदान केन्द्रमा हुने जनाइएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com