Home समाचार शान्ति समाजद्वारा एक दर्जन जिल्लामा वृक्षरोपण

शान्ति समाजद्वारा एक दर्जन जिल्लामा वृक्षरोपण

by ईलालटिन
0 comment

काठमाडौं । ५० औँ विश्व वातावरण दिवसका  अवसरमा मानव अधिकार तथा शान्ति समाजले एक दर्जन जिल्लामा वृक्षरोपणसहित विभिन्न कार्यक्रम आयोजना गरेको छ । आइतबार शान्ति समाज काठमाडौँ शाखाद्वारा ’मेरो फोहोर मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित जोरपाटीमा आयोजित विशेष चेतनामुलक कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, शान्ति समाजका महासचिव रामकृष्ण बराल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी शान्ति समाजका शाखाहरूको आयोजनामा संखुवासभाको खाँदबारी, सुनसरीको धरान, रुपन्देहीको बुटवल, दाङको तुलसीपुर, चितवनको भरतपुर, मोरङको विराटनगर, महोत्तरीको जलेश्वर, पाल्पाको तानसेन, पर्साको विरगञ्ज, काठमाण्डौको गोठाटारमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । यसैगरी विभिन्न निकायसँगको सहकार्यमा सुर्खेत र ललितपुर शाखाले पनि वृक्षारोपण कार्यक्रम गरेको समाजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वातावरण संरक्षणको क्षेत्रमा सकारात्मक कदम चाल्ने आवश्यकताप्रति विश्वव्यापी रुपमा जनचेतना फैलाउँदै संयुक्त राष्ट्रसंघको आह्वानमा ५ जुनलाई विश्व वातावरण दिवसका रुपमा मनाइन्छ ।रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com