Home समाचार सशस्त्र प्रहरीकी इन्स्पेक्टर डा अञ्जु गुरूङलाई सेवाबाट हटाउने गृहको तयारी

सशस्त्र प्रहरीकी इन्स्पेक्टर डा अञ्जु गुरूङलाई सेवाबाट हटाउने गृहको तयारी

by ईलालटिन
0 comment

काठमाडौं । बिदा नलिई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकी सशस्त्र प्रहरीकी इन्स्पेक्टर डाक्टर अञ्जु गुरूङलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ। डाक्टर गुरूङ गत चैत १ गतेदेखि कार्यालयमा अनुपस्थित छिन्। बिना सूचना लामो समयदेखि अनुपस्थित रहेको, सम्पर्क स्थापित गर्न नसकिएको र पदीय जिम्मेवारी तथा आचरणविपरीत कार्य गरेको देखिएकोले उनलाई सेवाबाट हटाउने तयारी गरिएको छ।

उनी मोरङको केराबारी घर भई एपिएफ अस्पताल बलम्बु काठमाडौंमा कार्यरत थिइन्। भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी गुरूङलाई सेवाबाट हटाउने गृह मन्त्रालयको तयारी छ। विभागीय कारबाही गर्न नपर्ने कारण भए सात दिनभित्र कारणसहित सफाइ पेश गर्न उनलाई गृह मन्त्रालयले सचिवस्तर निर्णय गर्दै सूचना प्रकाशित गरेर जानकारी गराएको छ। सेतोपाटी ।

यस्तो छ सूचना:

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com