Home समाचार पोखराको कार्यपालिका चुनाव: फ्लोर क्रसको डर, रिसोर्टमा राखियो जनप्रतिनिधि

पोखराको कार्यपालिका चुनाव: फ्लोर क्रसको डर, रिसोर्टमा राखियो जनप्रतिनिधि

by ईलालटिन
0 comment

कास्की ।  पोखरा महानगरको कार्यपालिकाले बुधबार पूर्णता पाउँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार कार्यपालिकाको निर्वाचन तोकेको छ । संविधानतः पोखराको कार्यपालिकामा ८ जना नयाँ सदस्य थपिनेछन् । ५ जना महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्यक समुदायबाट सदस्यका रूपमा निर्वाचित हुनेछन् । उनीहरूलाई यसअघि निर्वाचित भएका नगरसभा सदस्यहरूले मतदान गर्नेछन् ।

३० वैशाखको को निर्वाचन अनुसार पोखराको नगरसभामा एमालेको एकल बहुमत छ । १ सय ६७ सदस्यमध्ये एमालेको उपमेयर सहित ८७ सदस्य छन् । मेयरसहित गठबन्धनका ८१ जना मतदाता छन् । तर, दुवै पार्टीलाई आफ्ना जनप्रतिनिधिप्रति विश्वास छैन । उनीहरुले आफ्ना कार्यकर्तालाई रिसोर्टमा लगेर राखेका छन् । निर्वाचनको अघिल्लो दिन एमालेले आफ्नो पार्टीबाट निर्वाचित भएका ८६ जनालाई नौडाँडामा रहेको हिमालयन देउराली रिसोर्टमा राखेको छ भने काँग्रेसले ८१ जनालाई लेकसाइडको होटल कान्तिपुरमा राखेको छ ।

एमालेले सोमबार देखि नै आफ्ना जनप्रतिनिधिलाई रिसोर्टमा राखेको हो । काँग्रेसले पनि मंगलबार होटलमा पुर्‍याएको छ । कार्यपालिका सदस्य निर्वाचनका लागि महिलातर्फ एमालेले धनकुमारी पोख्रेल, भीमकुमारी पुन, निर्मला पौडेल, मन्दिरा परियार र हरिमाया विश्वकर्मालाई उम्मेदवार बनाएको छ । दलित तथा अल्पसङ्ख्यक कोटामा भने गोविन्द तुलाचन, दीपक घिमिरे, निर्मल दियाली उम्मेदवार छन् । काँग्रेसले महिला सदस्यमा डाल्डादेवी भुजेल, दुर्गादेवी केसी थापा, पवित्रा थापा, भावना श्रेष्ठ र रनसुबा गुरुङलाई उठाएको छ । दलित तथा अल्पसङ्ख्यकमा काँग्रेसले उम्मेदवार उठाएको छैन ।

गठबन्धनबाट माओवादीका भीमबहादुर सार्की, जसपाबाट पानबहादुर घर्ती र एकीकृत समाजवादीबाट लालबहादुर विक उम्मेदवार बनेका छन् । सबै मत खसे ८४ मत ल्याउनेले चुनाव जित्छ । एमालेलाई आफ्नो मत सुरक्षित गरे पुग्छ भने गठबन्धनलाई आफ्नो सुरक्षित गर्दै ३ मत क्रस गराउनुपर्छ । कार्यपालिकामा यसअघि नै गठबन्धनको बहुमत पुगिसकेको छ । बाहिरबाट थपिने ३ जना गठबन्धनले ल्याए र एमालेले जिल्ला समन्वय समितिमा पठाउने जनप्रतिनिधि घटे नगरसभामा समेत गठबन्धनले बहुमत पुर्‍याउन सक्छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com