Home समाचार प्रतितोला दुई सय रूपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?

प्रतितोला दुई सय रूपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?

by ईलालटिन
0 comment

काठमाडौं । बुधबार सुन-चाँदीको मूल्य बढेको छ। केही दिन यता स्थिर रहेको सुन-चाँदीको मूल्य आज बढेको हो।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो साताको पहिलो दिन अर्थात् आइतबारदेखि मंगलबारसम्म सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको थियो। चाँदी भने प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो।यसर्थ, आज सुन प्रतितोला दुई सय रूपैयाँ र चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो।  बुधबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com