Home समाचार २२ हजार पाँच सय बढी मतान्तरसहित जसपाका राजेशमानले जिते वीरगन्जको मेयर

२२ हजार पाँच सय बढी मतान्तरसहित जसपाका राजेशमानले जिते वीरगन्जको मेयर

by ईलालटिन
0 comment

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेशमान सिंह वीरगञ्ज महानगरपालिकाको मेयर निर्वाचित भएका छन्। उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।राजेशमानले ४६ हजार दुई सय १५ मतसहित मेयर जितेका हुन्। यहाँ नेकपा एमाले-लोसपा गठबन्धनका साझा उम्मेदवार निवर्तमान मेयर विजयकुमार सरावगी पराजित भएका छन्। उनले जम्मा २३ हजार छ सय ७१ मतमात्रै ल्याएका छन्।

राजेशमाले सरावगीलाई २२ हजार पाँच सय ४४ मतले हराएका हुन्। उपमेयरमा भने सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसका नेता इम्तियाज आलम विजयी भए। उनले ३० हजार ७८ मत ल्याएका छन्। उपमेयरमा एमाले-लोसपा गठबन्धन उम्मेदवार लोसपा नेता पुरूषोत्तम लाल झाले नौ हजार पाँच सय ६८ मत ल्याएर पराजित भएका छन्। ०७४ मा सरावगी जसपाबाट मेयर निर्वाचित भएका थिए। उनी जसपा छाडेर एमालेमा प्रवेश गर्दै यसपालि पनि मेयर उम्मेदवार भएका थिए। ०७४ मा राजेशमान सरावगीसँग मेयरमा पराजित भएका थिए। अहिले उनै सरावगीलाई राजेशमानले हराएका हुन्। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com