Home विशेष बलात्कार प्रयास गरेको आरोपमा एक युवा पक्राउ

बलात्कार प्रयास गरेको आरोपमा एक युवा पक्राउ

by ईलालटिन
0 comment

पर्वत । पर्वतमा जबरजस्ती करणीको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् ।

मोदी गाउँपालिका–६ तिलाहार बस्ने ३७ वर्षीय विकास लामिछानेलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

पीडित युवतीले हिजो नै जिल्ला प्रहरी कार्यालय पर्वतमा गएर आफू माथि बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएकी थिइन् । सोही आधारमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणी उद्योग मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी हिजो नै पर्वत जिल्ला अदालतबाट पहिलो पटक दिन १० (दश) को म्याद थप गरी उनी माथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com