Home समाचार दाङको गढवामा मेटमणि चौधरीका भाइदेखि दिदीसम्म पराजित

दाङको गढवामा मेटमणि चौधरीका भाइदेखि दिदीसम्म पराजित

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीका भाइदेखि दिदीसम्म चुनावमा पराजित भएका छन्। नेकपा माओवादी केन्द्रसँग तालमेल गरेपनि आफ्नै वडा र पालिका उपाध्यक्ष जिताउन मेटमणि असफल भएका छन्।

मेटमणिको गृह पालिका गढवाको वडा नम्बर ७ को अध्यक्षमा उनका भाइ पुरन चौधरी उठेका थिए। एकीकृत समाजवादीबाट आफ्नै वडा अध्यक्षमा उठाएका पुरनले ५०३ मत ल्याएर पराजित भएका छन्। मेटमणिको वडामा अध्यक्षमा काँग्रेसका राहुलदेव चौधरीले ९९१ मत ल्याएर विजयी भएका छन्। मेटमणिले माओवादी केन्द्रसँग चुनावी तालमेल गरेपनि आफ्नै भाइलाई जिताउन असफल भएका छन्।

–यस्तै मेटमणिले आफ्नै दिदी शान्तिलाई माओवादीसँग तालमेल गरेर एकीकृत समाजवादीबाट उपाध्यक्षमा उठाएका थिए। शान्तिले समेत उपाध्यक्षमा पराजित भएकी छन्। अन्तमा काँग्रेसबाट उठेकी शारदा चौधरी विजयी भएकी छन्। शारदाले ५१८१ मत ल्याएर विजयी भएकी छन्। एमालेकी सीता चौधरीले ४८३० मत र एकीकृत समाजवादीकी शान्ति चौधरीले ४११२ मत ल्याएर तेस्रो भएकी छन्। रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com