काठमाडाैं । काठमाडाैं महानगरपालिकाकाे मतगणनास्थल राष्ट्रिय सभा गृहकाे गेटबाहिर ‘हाम्राे टिम नेपाल’ नामकाे संस्थाले तीन दिनयता निशुल्क पानी वितरण गरिरहेकाे छ । मतपरिणाम थाहा पाउन भेला भएका उम्मेदवारका समर्थकहरूलाई लक्षित गरी जारकाे पानी पिउन मिल्ने व्यवस्था मिलाइएकाे टिम नेपालका अध्यक्ष विमल पन्तले जानकारी दिए ।
तीन दिनयता दैनिक ५० भन्दा बढी जार पानी निशुल्क वितरण गरिरहेकाे उनले बताए । उनका अनुसार पिउने पानी वितरणका लागि टिम नेपालले ५ जना स्वयंसेवक खटाएकाे छ । ०७२ सालकाे भूकम्पपछि सामाजिक कामका लागि भन्दै युवाहरूले स्थापना गरेकाे टिम नेपालले महामारीका समयमा समेत पीडितहरूका लागि सक्रिय थियाे । शिलापत्र ।