Home समाचार कतारी राजकुमारी कञ्चनजङ्गा शिखरमा

कतारी राजकुमारी कञ्चनजङ्गा शिखरमा

by ईलालटिन
0 comment

काठमाडौं ।  कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८ हजार ५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गाको शिखरमा पुग्ने पहिलो साउदी अरबी महिला बनेकी छन् ।  आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरिक हुन पाएकोमा गर्व लागेको बताएकी हुन् । उनले आफ्नो पोष्टमा लेखेकी छन् ‘’म केहि दिन विरामी परेकी थिएँ त्यसैले आँटेको हिमाल चढ्न सक्दिनकी झैं लागेको थियो । तर, जम्मा दुइ दिनमै भव्य कञ्चनजङ्घाको सफल आरोहण गर्यौं ।‘’

उनले अगाडि भनेकी छन्- हिमाल चढ्न सहज थिएन र यसले मलाइ अझै हिम्मत दिएको छ । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसँगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ ।’उनले आफ्नो सफलताका पछाडी बलियो टिमको साथ र सहयोग रहेको पनि उल्लेख गरेकी छन् । -विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निर्मल पुर्जा लगायतका टीमसँग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केहि समय हिमाल आरोहणमै रहने र सगरमाथा आरोहणको प्रयास गर्ने बताइएको छ । यसअघि शेखा आश्माले सगरमाथा आरोहणको प्रयास गरेकी थिइन, जुन सफल हुन सकेको थिएन । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com