Home समाचार मत संकेत गर्न नसक्ने मतदाताले सहयोगी लैजान पाउने

मत संकेत गर्न नसक्ने मतदाताले सहयोगी लैजान पाउने

by ईलालटिन
0 comment

काठमाडौं ।  आगामी वैशाख ३० गते हुने हुने स्थानीय तह सदस्य निर्वाचनमा दृष्टिविहीन, शारीरिक अशक्तता भएका वा अरू कुनै कारणले आफैं मत संकेत गर्न नसक्ने मतदाताले सहयोगी लैजान पाउनेछन्। उनीहरूले आफ्नो साथमा परिवारको अर्को सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागे मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई अनुमति दिनेछन्।

‘दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैं मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ। ‘दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मत-दाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मतदान अधिकृतले मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहे-को र सो व्यवस्था अनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएकोसमेत आयोगले स्पष्ट पारेको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com