Home समाचार अछामको ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ

अछामको ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ

by ईलालटिन
0 comment

अछाम । अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएकाे हाे  । स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ । स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको भएकाे थियाे ।

यही अवस्थामा तपेन्द्र बुढाको समूहले चक्कु प्रहार गरेको प्रहरीको भनाइछ । तपेन्द्र प्रहरी नियन्त्रणमा छन्। अन्य फरार रहेका छन् । चक्कु प्रहार गरी घाइते भएकाहरुकाे स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएकाे छ । मानबहादुरकाे टाउको र ढाडमा चोट लागेकाे छ भने हिक्मतबहादुर टाउको र हातखुट्टामा चोट लागेकाे छ । उनीहरुकाे अवस्था गम्भीर छ । तुलसी बुढाकाे टाउकोमा र खगेन्द्र बुढाको हात-खुट्टामा चोट लागेकाे छ । उनीहरुकाे अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com