Home अर्थ/वाणिज्य एनआइसी एशिया बैंकका सिइओ न्यौपाने बने ‘म्यानेजर अफ द इयर २०२२’

एनआइसी एशिया बैंकका सिइओ न्यौपाने बने ‘म्यानेजर अफ द इयर २०२२’

by ईलालटिन
0 comment

काठमाण्डौं । व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘म्यानेजर अफ द इयर २०२२’ बाट सम्मान गरेको छ।

शनिबार काठमाडौंस्थित एक होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो। पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण एनआइसी बैंकसँग जोडिएका सदस्यहरूलाई समर्पण गरे।

सिइओ रोशन कुमार न्यौपानेको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब रू. ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. २७४ अर्ब पुगेको छ। त्यस्तै, निक्षेप संकलन तर्फ पनि रू. ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. ३०० अर्ब पुगेको छ। साथै बैंकको प्रतिसेयर आम्दानीतर्फ करिब २ गुणाले वृद्धि भई रू. ४१.४३ पुगेको छ।

न्यौपाने यसभन्दा अघि ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, ‘कर्पोरेट सिइओ अफ द इयर २०७८’ र ग्लोबल बिजनेस आउटलुक लन्डन बाट ‘बैंकिङ सिइओ अफ द इयर नेपाल २०२१’ बाट समेत सम्मानित भएको थिए।

हाल एनआइसी बैंकले देशभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दैछ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com