Home विशेष मातातीर्थ आयुर्वेद औषधालय आफ्नै भवनमा , पञ्चकर्म सहितको आयुर्वेद सेवा दिने

मातातीर्थ आयुर्वेद औषधालय आफ्नै भवनमा , पञ्चकर्म सहितको आयुर्वेद सेवा दिने

by ईलालटिन
0 comment

काठमाडौं । चन्द्रागिरी नगरपालिका स्थित वडा नम्बर ८ स्थित मुहान टोलमा मातातीर्थ आयुर्वेद औषधालयको नवनिर्मित भवनमा आयुर्वेद उपचार पद्धतिबाट सेवा शुरु भएको छ । भाडाको घरबाट सेवा प्रदान गरिरहेको मातातीर्थ आयुर्वेद औषधालयको आफ्नै एकतले भवन मंगलबार उद्घाटन गरेर सेवा सञ्चालनमा आएको हो । चन्द्रागिरी नगरपालिका र वडा नम्बर ८ को संयोजकत्वमा भवनको निर्माण गरीएको हो ।

भवनको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले जडिबुटीको प्रशोधन, उत्पादन तथा आयुर्वेदिक अनुसन्धान केन्द्रको स्थापना गर्दै नगरपालिकालाई स्वास्थ्य हवका रुपमा विकास गर्ने बताए । नगरप्रमुख गिरीले नगरपालिकाको वडा ६,८ र १२ गरि ३ स्थानबाट आयुर्वेदिक सेवा प्रदान हुने र आयुर्वेद सम्बन्धि उत्पादन र बजारीकरण कार्यमा पनि नगरपालिकाले पहली कदम चाल्ने र सबै वडामा सेवा बिस्तार गर्ने बताए । उनले जर्मनी विकास बैंकको सहयोगमा १ अर्बको प्रसुती विशेषज्ञ अस्पतालको पनि सम्झौता भइसकेको बताए ।

-मातातीर्थ आयुर्वेद औषधालय प्रमुख नारायण आचार्यले औषधालयले आयुर्वेदिक औषधी निःशुल्क उपलब्ध गराइने बताए । कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले स्वस्थ जीवनशैलीका लागि आयुर्वेद महत्त्वपूर्ण रहेको बताए । कार्यक्रममा आयुर्वेद काउन्सिलका अध्यक्ष डा सन्तोष ठाकुर, स्वास्थ्य मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डा. बाबुराजा अमात्य तथा डा सिद्धार्थ ठाकुरले आयुर्वेदिक उपचार बारे जानकारी दिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com