Home समाचार आज र भोलि ५ प्रदेशमा भारी वर्षाको सम्भावना

आज र भोलि ५ प्रदेशमा भारी वर्षाको सम्भावना

by ईलालटिन
0 comment

काठमाण्डौँ ।आज बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि बागमती प्रदेश, प्रदेश-२, प्रदेश-१, गण्डकी प्रदेश र प्रदेश-५ का केही स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको हो ।

महाशाखाले आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ का एक/दुई स्थानमा भारी वर्षाको हुन सक्ने जनाएको छ ।

राति पनि प्रदेश १, बागमती प्रदेश, प्रदेश-२, गण्डकी प्रदेश र प्रदेश-५ का केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेअनुसार भोलि पनि प्रदेश-१, बागमती, गण्डकी प्रदेश, प्रदेश-२ र प्रदेश-५ एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com