Home विशेष जलजला यूथ ग्रुपको गतिविधि सार्वजनिक तथा सम्मान कार्यक्रम 

जलजला यूथ ग्रुपको गतिविधि सार्वजनिक तथा सम्मान कार्यक्रम 

by ईलालटिन
0 comment

पर्वत । कोरोनाको समय आफ्नो ज्यानको प्रवाह नगरी सामाजिक कार्यमा जलजलाका युवाहरूले देखाएको क्रियाशीलताले  कोभिडका धेरै बिरामीहरूले बेलैमा उपचार पाउन सके । आफ्नै सीमित स्रोतसाधनबाट कोभिड बिरामीको सेवामा जलजला यूथ ग्रुपको नामले निस्किएका युवाहरूलाई पछि उनीहरूको काम देखेर विभिन्न सङ्घसंस्था र व्यक्तिहरू हातेमालो गर्न आइपुगेका थिए ।

कोरोनाको कहरका बिचमा जलजला यूथ ग्रुपलाई सहयोग गर्ने मनकारी सहयोगी दाताहरूलाई आज एक कार्यक्रमका बिच सम्मान गरिएको छ । राजु प्रसाद आचार्यको संयोजकत्व र नवीन जिसीको व्यवस्थापनमा जलजला यूथ ग्रुपले कोरोनाको महामारी बिचमा काम गर्दै आएको थियो । आर्थिक तथा भौतिक रूपले मानवीय सहयोग गरेका नेपाली काँग्रेसका नेता विप्लव जङ्ग हमाल लगायतका व्यक्तिहरूलाई सम्मान गरिएको छ ।

कोभिड–१९ सङ्क्रमणको बेलामा गुमेको रोजगारी तथा नपाएको कामका कारण आर्थिक समस्यामा रहेकाहरूको अभावलाई टार्न आर्थिक तथा भौतिक सहयोग गरेको, सङ्क्रमितहरूको उपचार र हेरचाह तथा अस्पतालसम्म ओसारपसार गर्नका लागि सघाएको, कोभिडकै कारण मृत्यु भएकाहरूको शव व्यवस्थापनको लागि सहयोग गरेको लगायतका कारण जलजलामा स्थापना भएको क्रिएटीभ यूथ ग्रुपले जलजला गाउँपालिकाकै मल्लाजमा एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो ।

ग्रुपका व्यवस्थापक नवीन जिसीका अनुसार कोभिडको बेलामा क्रिएटीभ यूथ ग्रुपमा आबद्ध भएर तथा त्यो भन्दा बाहिर रहेर पनि जलजलाका युवाहरूले कोभिडको अवस्थालाई सामान्यीकरण गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । समुदायमा रहेका अन्य व्यक्तिहरूको पिडा कम गर्नको लागि दुःखको बेलामा सहयोग गरेको तथा आफै पनि खटेका कारण सहयोगीहरूलाई सम्मान गरिएको हो ।

सोही कार्यक्रममा ग्रुपले कोभिडको बेलामा सञ्चालन गरेका गतिविधिहरू समेत सार्वजनिक गरिएको थियो ।
कोरोना सङ्क्रमणको त्रास हुँदा हुँदै पनि सात सय ५० जना बिरामीको उपचारमा सहयोग, कोरानाका कारण ज्यान गुमाउनेहरूको शव व्यवस्थापन, स्वास्थ्य सुरक्षाका सामाग्री ९मास्क, स्यानिटाइजर, पन्जा, औषधि लगायत वितरण गरेको थियो । जलजला यूथ ग्रुपको यो स्वयंसेवी कार्यलाई विभिन्न व्यक्तिले सहयोग समेत गरेका थिए । अभियानका क्रममा बचत भएको एक लाख रुपैयाँ धन बहादुर जिसी स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कृष्ण केसीले राजनैतिक रूपमा जे जस्तो आस्था भए पनि विपतको समयमा युवाले गरेको कामको प्रशंसा गरे । युवाहरूले राजनीति भन्दा माथि उठेर गरेको सामाजिक सहयोगले कोभिडलाई जित्नको लागि निकै सजिलो भएको बताए ।

ग्रुपका संयोजक आचार्यले युवामा भएको जोस जाँगरले आर्थिक सङ्कलन गरेर ठुलो त्रास हुँदा हुँदै पनि जलजला क्षेत्रमा गरेको सहयोग महत्त्वपूर्ण भएको बताए ।
संयोजक आचार्यको अध्यक्षतामा भएको कुशल जिसीले स्वागत मन्तव्य राखेका थिए भने नवीन जिसीले सञ्चालन गरेका थिए ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com