Home समाचार दुर्घटनामा परेको चाइना इस्टर्नको जहाजमा रहेका सबैको मृत्यु भएको घोषणा

दुर्घटनामा परेको चाइना इस्टर्नको जहाजमा रहेका सबैको मृत्यु भएको घोषणा

by ईलालटिन
0 comment

बेइजिङ । चीनमा गत सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजमा रहेका सबै १३२ जना मानिसको मृत्यु भएको घोषणा गरिएको छ। शनिबारसम्मको खोजीमा कोही पनि जीवित नभेटिएपछि शनिबार साँझ चिनियाँ अधिकारीहरूले १२३ यात्रु र ९ जना चालक दलका सदस्यको मृत्यु भएको घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। गत सोमबार चीनको कुनमिङबाट ग्वान्जाओ जाँदै गरेको बोइङ ७३७-८००एनजी मोडलको जहाज २९ हजार फिटमाथिबाट एक्कासी जमिनमा बजारिएको थियो।

पहाडको जंगलमा जहाज खसेपछि आगो लागेको थियो। खोजीकर्ताहरूले सुरूमै कोही जीवित हुने सम्भावना नरहेको बताएका थिए। जहाजमा रहेका यात्रुका आफन्त शव भेटिन्छ कि भनेर केही दिनअघि दुर्घटनास्थल पुगेका थिए। खोजीकर्ताहरूले कसैको शव पनि फेला पारेनन्। गत बुधबार जहाजको ब्ल्याक बक्स फेला परेको थियो। -जहाजको सबै रेकर्ड हुने भएकाले ब्ल्याक बक्सको अध्ययनले दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुन्छ। ब्ल्याक बक्स अध्ययनका लागि अहिले बेइजिङ पठाइएको अधिकारीहरूले बताएका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com