Home समाचार विद्युतको आन्तरिक खपत वृद्धि गर्न काम भइरहेको छः ऊर्जामन्त्री भुसाल

विद्युतको आन्तरिक खपत वृद्धि गर्न काम भइरहेको छः ऊर्जामन्त्री भुसाल

by ईलालटिन
0 comment

काठमाडौं रातोपाटी ।ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको बताएकी छन् । सोमवार ललितपुरमा आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरुसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युतको आन्तरिक खपत वृद्धिका लागि सरकारले आवश्यक कदम अगाडि बढाइरहेको बताएकी हु्न् ।

नेपाल नवीकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्न लागेको उल्लेख गर्दै उनले जलविद्युत आयोजनाहरुको निर्माणको काम उत्साहित रुपमा अगाडी बढिरहेको बताइन् । सरकारले सन् २०२८ सम्ममा १५ हजार मेघावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य साथ काम गरिरहेको उनले बताइन् । मन्त्री भुसालले जलविद्युत आयोजनाहरु गुणस्तरीय र दिगो बन्नुपर्नेमा जोड दिइन् । उनले छिमेकी राष्ट्रहरूलाई विद्युत निर्यात गर्न आवश्यक नीति, नियम र वातावरण पनि तयार गरिएको स्पष्ट पारिन् ।

मन्त्री भुसालले देशको अर्थतन्त्र जलविद्युतको केन्द्रमा रहेको बताइन् । देशभित्रका नीजि क्षेत्र, सबै वित्तिय क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रको समेत लगानी विद्युतमा रहेकाले सो लगानीलाई जोखिममा पर्न दिनु नहुने उनले बताइन् ।  सरकारले जोखिम न्युनिकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन र विभिन्न निकायहरुसँग समन्वय गरी आवश्यक पहल गरिरहेको उनको भनाइ छ । उनले जल तथा मौसम विज्ञान विभागमार्फत देशभर भएका जल तथा मौसम स्टेशन तथा नयाँ स्टेशनहरु थप गरी अझ वैज्ञानिक र विश्वसनीय रुपमा अगाडी बढ्ने पनि बताइन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com