Home समाचार सिन्धुपाल्चोक काँग्रेसमा दोस्रो चरणको मतदान हुने

सिन्धुपाल्चोक काँग्रेसमा दोस्रो चरणको मतदान हुने

by ईलालटिन
0 comment

सिन्धुपाल्चोक ।  नेपाली काँग्रेस सिन्धुपाल्चोकमा दोस्रो चरणको मतदान हुने भएको छ । शनिबार राति भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो । पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५९ (३८.५८प्रतिशत), वंशलाल तामाङले ६ सय २९ (३४.९७ प्रतिशत) र प्रेमध्वज लामाले ४ सय ९३  (२६.९८ प्रतिशत) मत मात्र प्राप्त गरे ।

राति अबेर सकिएको मत गणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो । -अब जंगबहादुर र वंशलालबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ । प्रेमध्वज बाहिरिएका छन् । कांग्रेस जिल्ला निर्वाचन अधिकृत वेदबहादुर महतका अनुसार आज पुनः मतदानका लागि तयारी भइरहेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com