Home समाचार पहिरो पीडितलाई गाउँपालिकाको आर्थिक सहयोग

पहिरो पीडितलाई गाउँपालिकाको आर्थिक सहयोग

by ईलालटिन
0 comment

इलाम ।  जिल्लाको रोङ गाउँपालिकाका पहिरो पीडितलाई गाउँपालिकाले सहयोग गरेको छ । गाउँपालिकाले वडा नं ३ र ४ का पहिरो पीडितलाई आर्थिक सहयोग गरेको हो । गाउँपालिकाले १३ घर परिवारलाई प्रतिघर रु एक लाखका दरले आर्थिक सहयोग गरेको हो । गाउँपालिकाका ती वडामा २०६८ सालदेखि पहिरो बग्न थालेको थियो । विसं २०७२ बाट पहिराले गाउँलाई जोखिम बनाएर १३ परिवार विस्थापित हुनुपरेको थियो ।

पहिरो पीडित घर–परिवारलाई बुधबार पहिरो प्रभावित क्षेत्रमै पुगेर गाउँपालिकाका अध्यक्ष शमशेर राई, उपाध्यक्ष चन्द्रकला राईलगायत जनप्रतिनिधि र कर्मचारीले प्रतिपरिवार रु एक लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । पहिरोबाट विस्थापित भएका यामप्रसाद मगर, मनकुमारी लाप्चा, कौशिला खड्का, टङ्क बस्नेत, नरबहादुर बस्नेत, टेकबहादुर पिठाकोटी, इन्द्रबहादुर पिठाकोटी, भीमबहादुर मगर, बलबहादुर मगर, हस्तकुमारी मगर, भुवनकुमार बस्नेत, सन्तबहादुर लाप्चा र खड्गबहादुर राईको परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले चेक हस्तान्तरण गरिएको हो ।

पहिरो पीडितलाई घर–जमिन व्यवस्थापन गर्न रकम दिइएको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो । अध्यक्ष राईका अनुसार २०७४ सालमा स्थानीय तहको निर्वाचनपछि आफूहरु निर्वाचित भएर आउँदादेखि नै चुरे र जोखिम क्षेत्रको रोकथाम साथै नियन्त्रण गर्नका लागि निरन्तररुपमा पहल भइरहेको छ । गाउँपालिकाले मात्र नसक्ने भएर प्रदेश र सङ्घीय सरकारसमक्ष समेत सहयोगका लागि प्रक्रिया अगाडि बढाइएको उनले बताए। प्रदेशबाट यसअघि रु १० लाख विनियोजन भएर पहिराको फेदमा बाँध बाध्ने काम अगाडि बढेको उनले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com