Home TV गाउँको सेवामा लाग्न पाउँदा बेग्लै खुसी मिल्छ–प्रार्थना पुन (भिडियो)

गाउँको सेवामा लाग्न पाउँदा बेग्लै खुसी मिल्छ–प्रार्थना पुन (भिडियो)

by ईलालटिन
0 comment

पर्वत । पर्वतको ग्रामीण भेगमा एक दशक अघि स्थापना गरिएको टेलिमेडिसिन (दूर—चिकित्सा) सेवाबाट गाउँलेहरू लाभान्वित हुँदै आएका छन् ।

बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टको सहयोगमा ठानामौलाको चारभन्जयाङमा सञ्चालित टेलिमेडिसिनमा बिरामीको अवस्थाबारे प्रत्यक्ष विदेशी चिकित्सकहरूसँग परामर्श गरी उपचार गरिने भएकोले यस भेगमा मात्र नभई नजिकका जिल्लाहरूबाट समेत बिरामी सेवा लिन आइपुग्ने गरेका छन् ।

यस ठाउँबाट बेलायतमा गएर बसेका चारभञ्जयाङ तमु सेवा युकेको विशेष पहल र स्वीनफेन च्यारिटेबल ट्रष्टले टेलिमेडिसिन (दूर—चिकित्सा) सेवाको स्थापना गरेको हो । यस टेलिमेडिसिनमा हुने खर्चको सम्पूर्ण व्यवस्थापन बेलायत, हङकङ लगायत देशमा रहेका नेपालीहरूको सहयोगमा हुँदै आएको छ ।

शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा काम गर्दै आएको चारभञ्जयाङ तमु सेवा युकेको अग्रसरतामा सञ्चालनमा आइरहेको टेलिमेडिसिन (दूर—चिकित्सा) सेवामा प्रार्थना पुन सक्रिय भएर लागिरहेकी छिन् । स्वास्थ्य प्रमुखको रूपमा रहेकी उनले सहरको सुविधा र सहजता छाडेर गाउँ आइपुगेकी हुन् । गाउँमा सेवा गर्न पाएकोमा खुसी मिल्ने भएको हुनाले गाउँ नै रोजेको बताइन् । उनको कामबाट गाउँलेहरू सबै सन्तुष्ट छन् ।

उनै प्रार्थना पुनसँग हामीले छोटो कुराकानी गरेका छौँ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com