Home समाचार आजदेखि माओवादीको केन्द्रीय कमिटी बैठक

आजदेखि माओवादीको केन्द्रीय कमिटी बैठक

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि केन्द्रीय कमिटी बैठक गर्ने भएको छ। राष्ट्रिय सभागृहमा केन्द्रीय कमिटी बैठक हुनेछ। अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै तय गरेर गत पुसमा सकिएको आठौं महाधिवेशनले पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो। यो केन्द्रीय कमिटीमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल र समीक्षाका साथै पार्टी पदाधिकारी चयनबारे छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए।

नेता वर्षमान पुन उपचारका लागि चीनमा रहेकोले केन्द्रीय कमिटी बैठक सर्दै आएको थियो। वर्षमान नेपाल फर्किसकेका छन्। यसबीचमा प्रतिनिधि सभाबाट गत आइतबार एमसिसी पनि पारित भइसकेको छ। माओवादीभित्र एमसिसी पारित गर्न नहुने मत पनि थियो। नेता नारायणकाजी श्रेष्ठलगायतले केन्द्रीय कमिटी बैठकमा आफ्ना असन्तुष्टि राख्ने तयारी गरेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com