Home समाचार खोलाको पूजा गर्दै माझी समुदायले मनाए कोसीपर्व

खोलाको पूजा गर्दै माझी समुदायले मनाए कोसीपर्व

by ईलालटिन
0 comment

काठमाडौं ।   खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी मङ्गलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसीपर्व’ मनाएका छन् । दर्शैँझैँ पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् ।सिन्धुपाल्चोकका माझीहरूले कोसीपर्व मनाउन मेलम्ची नगरपालिका–१२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए ।

विभिन्न धर्मको प्रभावसँगै आफ्नो मौलिक धर्म मान्न छाडेका सीमान्तकृत माझी समुदायले पछिल्लो समय कोसीपर्व मनाउँदै आएका छन् । -माझी समुदायले लदीपर्वलाई राष्ट्रिय पर्वको मान्यता तथा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन् । लोप हुँदै गएको कोसीपर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com