Home समाचार रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्धारको लागि एनआरएनको अग्रसरतामा उच्चस्तरीय संयन्त्र गठन

रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्धारको लागि एनआरएनको अग्रसरतामा उच्चस्तरीय संयन्त्र गठन

by ईलालटिन
0 comment

लन्डन । रूस र युक्रेनबीचको युद्धबाट प्रभावित नेपालीको उद्धार र सहयोग गर्न उच्चस्तरीय समिति गठन भएको छ। जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा बनेको उच्चस्तरीय समितिमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष बद्री केसी (रूस), चिरन्जिवी  खड्का (चेक रिपब्लिक), जीवन केसी (पोल्याण्ड), हरि बहादुर मल्ल (युक्रेन), शिव कुमार भुर्तेल (रुस), जया प्रसाद शिवाकोटी (स्लोभाकिया), नवराज पोखरेल (रोमानिया), सुरेन्द्र श्रेष्ठ (हंगेरी), यदुराम पन्थी (चेक रिपब्लिक), मिलन पन्त (जर्मनी) र चिरन शर्मा (यूके) छन्।

यस्तै द्वन्द्व  पिडितको लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा. बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमितिसमेत गठन गरि-एको छ। युद्व पीडितको उद्धार एवं सहयोगका सम्भावनाबारे छलफल गर्न शनिबार गैर आवासीय नेपाली संघले भर्चुअल अन्तरक्रिया कार्यक्रममार्फत समिति बनाएको हो। अन्तरक्रियामा बोल्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित २२० नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी दिए। उनले ती नेपालीहरुको सहयोगको लागि दूतावासले नेपाल सरकार, स्थानीय संघसंस्थासँग समन्वय गरिरहेको जानकारी दिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले द्वन्द्वग्रस्त मुलुक युक्रेनमा रहेका नेपालीलाई नआत्तिन आग्रह गरे। अध्यक्ष पन्तले  भने, ‘अप्ठ्यारो पर्दा ‘एनआरएनएले नेपालीलाई  आपत पर्दा  जहाँ पनि सहयोग गर्छ कसैले अभिभावकविहिन हुनु पर्दैन। हामी सहयोगका लागि तयार छौं।’  संघले विपत परेको बेला संसारका धेरै देशबाट नेपालीको उद्धार गरेको स्मरण गर्दै पन्तले भने, ‘अप्ठेरो परेको बेला हामीले धेरै देशबाट नेपालीको उद्धार गर्दै आएका छौं। युक्रेनमा रहेका नेपालीलाई पनि सहयोग गर्न हामी प्रतिबद्ध छौं। कार्यक्रममा बोल्दै एनआरएनए उपाध्यक्ष बद्री केसीले द्वन्द्वग्रस्त युक्रेनबाट नेपालीको उद्धार प्रक्रिया सुरु भइसकेको बताए। उनले सीमा क्षेत्रमा १ दर्जनभन्दा बढी एनआरएनएका स्वयंसेवक परिचालन गरिसकिएको जानकारीसमेत गराए।

संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक समेत रहेका केसीलाई एनआरएनएले युक्रेनको लागि समन्वयको जिम्मेवा-रीसमेत  दिएको छ। संघका महासचिव हेम राज शर्माले सञ्चालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै रुसको लागि कार्यवाहक नेपाली राजदूत सुशील घिमिरेले रूसमा बस्ने नेपालीको अवस्था सामान्य रहेको जानकारी दिए। उनले युक्रेनमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारको लागि दूतावास आवश्यक  सहयोग गर्न तयार रहेको स्पष्ट पारे। कार्यक्रममा गैरआवासीय नेपाली संघ युक्रेनका अध्यक्ष हरि मल्लले युक्रेनमा रहेका नेपालीको अवस्थाको बारे जानकारी गराएका थिए। कार्यक्रममा विजया पाण्डे, जीवन केसी, सुरेन्द्र श्रेष्ठ, जया शिवाकोटी, नवराज पोखेरेल, आश्विन कुमार श्रेष्ठ, खगेन्द्र अधिकारीलगायतले आ-आफ्नो अनुभव  सुनाएका थिए।

अन्तरक्रियामा सिमा क्षेत्रमा  थप स्वयंसेवक प-रिचालन गर्ने,  नेपाल फर्किन चाहनेको लागि हवाई टिकटको लागि समन्वयन गर्ने, सिमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानीय संयन्त्र गठन गर्ने, स्वयंसेवकको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधि तत्काल अघि बढाउन उच्चस्तरीय समितिलाई आग्रह गरेको छ ।  युक्रेनको द्वन्द्व प्रभावित नेपालीलाई पोल्याण्ड, हंगेरी, रोमानिया, माल्डावा र स्लोभागिकयाको सिमामार्फत  उद्घार थालिएको छ।  हालसम्म नेपाली दूतावास जर्मनी र एनआरएनएसँग  ४ सय जना नेपालीहरु सम्पर्कमा आएका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com