काठमाडौं । बिहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज, शुक्रबार बस्दैछ। अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो। एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आज १ बजे बोलाइएको हो। बिहीबार सरकारले एक दिनको समय मागेपछि संसद बैठक स्थगित गरिएको थियो। एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुनसकेको छैन। बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार सक्रिय भए पनि कुनै सहमति भएको छैन।मेरोलगानी ।
बिहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै
124
previous post