Home बुलेट न्युज समाचार स्वाब संकलन गर्न हिँडेका स्वास्थकर्मीमाथि हातपात

समाचार स्वाब संकलन गर्न हिँडेका स्वास्थकर्मीमाथि हातपात

by ईलालटिन
0 comment

डडेल्धुरा। बैतडीमा स्वाब संकलन गर्न हिँडेका स्वास्थकर्मीमाथि हातपात भएको छ । जिल्लाको सिगास गाउँपालिका- ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थकर्मीमाथि हातपात भएको हो ।

बल्लेखान स्वास्थ्य केन्द्रबाट वडा नम्बर  ५ ढुंगाडमा स्वाब संकलनका लागि हिँडेका स्वास्थ्यकर्मी भुपेन्द्र बोहरामाथि सोमबार हातपात भएको हो ।

भूमिराज आधारभूत विद्यालयमा वन सम्बन्धि बैठक चलिरहेको समयमा सामाजिक दूरी र स्वास्थ सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा भानसिंह बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले बताए । उनले भानसिंहले मदिरा पिएर गरेर गालीगलौज गरिरहेकाले आफूले सम्झाउँदा हातपात गरेको बताए ।

सिगास गाउँपालिका- ५ मा आज स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि बाटोमै हापात भएपछि स्वाब संकलन कार्यसमेत रोकिएको ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदले बताए ।

स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट लागेको छ । स्थानीयले आफूमाथि हातपात गरेपछि गाँजरी प्रहरी चौकीमा निवेदन दिएको स्वास्थ्यकर्मी बोहराले बताए ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com