Home बुलेट न्युज २० औं दिनमा फेला पर्‍यो सुनाकोठीबाट चोरिएको बालकुमारीको मूर्ति

२० औं दिनमा फेला पर्‍यो सुनाकोठीबाट चोरिएको बालकुमारीको मूर्ति

by ईलालटिन
0 comment

ललितपुर । ललितपुरको सुनाकोठीबाट चोरिएको बालकुमारी मन्दिरको मूर्ति २० दिनपछि फेला परेको छ।  शुक्रबार बिहान पौने ८ बजे ललितपुर महानगरपालिका-१५ स्थित हात्तीवन गैरीगाउँको करूणा मन्दिर बाहिर पेटीमा उक्त मूर्ति फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहले सेतोपाटीलाई जानकारी दिए।

शाहका अनुसार बिहान मन्दिर अगाडि बोरा फेला परेको थियो। स्थानीयले शंकास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर हेर्दा सुनाकोठीबाट हराएको मूर्ति फेला परेको हो। ‘बोराभित्र राखेर राति नै छोडिएको छ। बिहान फेला पर्‍यो,’ प्रहरी उपरीक्षक शाहले भने,‘भेरिफाइ गर्दैछौं।’गत माघ ९ गते ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो।

यसको अनुसन्धान गर्न ललितपुर परिसर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गरिरहेको थियो। मूर्ति चोरीको विषयमा हालसम्म कसैलाई पक्राउ नगरेको प्रहरीले जनाएको छ।‘हामीले मान्छेहरू ल्याएर सोधपुछ गर्ने काम गरिरहेका थियौं,’ शाहले भने, ‘दबाब सिर्जना भएपछि छोडेर गएको जस्तो देखिन्छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com