Home none कहिलेसम्म आउला कोरोनाको खोप ? पैसा कति पर्ला ?

कहिलेसम्म आउला कोरोनाको खोप ? पैसा कति पर्ला ?

by ईलालटिन
0 comment

कोरोना संक्रमणले संसारलाई नै अत्त्याइरहेको बेलामा यसविरुद्धको खोप कहिले आइपुग्ला भनी मानिसहरू प्रतीक्षा गरिरहेका छन् ।

अगस्ट ११ मा रुसले कोभिड–१९ विरुद्धको पहिलो खोप दर्ता गरेको थियो । त्यसलाई स्पुतनिक भी नाम दिइएको छ । खोपले शरीरको रोगप्रतिरोधक क्षमतालाई उत्तेजित गरेको भनी बेलायतको सम्मानित मेडिकल जर्नल द लान्सेटले लेखेको छ ।

संसारका धेरै ठाउँमा कोरोनाविरुद्धको खोप बनाउने काम जारी छ । विश्व स्वास्थ्य संगठनका अनुसार, ३४ वटा कम्पनीहरूले कोरोनाको खोप बनाइरहेका छन् र सातवटाको क्लिनिकल ट्रायलको तेस्रो चरण चलिरहेको छ ।

थप १४२ कम्पनीले बनाएको खोप प्रिक्लिनिकल चरणमा रहेको संगठनको भनाइ छ । विश्व स्वास्थ्य संगठनकी चीफ साइन्टिस्ट सौम्या स्वामीनाथनका अनुसार, अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप अहिलेसम्मको सबभन्दा उन्नत खोप हो । यसको उत्पादन एस्ट्राजेनेका कम्पनीले गरिरहेको छ ।

विज्ञहरूका अनुसार, सन् २०२१ को मध्यसम्ममा खोप उपलब्ध हुनेछ । तर विज्ञहरूका अनुसार, कोरोनाभाइरस परिवारका चार भाइरस पहिलेदेखि नै मानिसमा छन् र यसको बचाउका लागि कुनै पनि खोप बन्न सकेको छैन ।

तर कोरोनाको खोप बनेको खबर आइरहँदा वैज्ञानिक र सामान्य मानिसले खोप केही महिनामा आउने आशा गरेका छन् । तर मानिसलाई खोपको मूल्यको पीर छ । अनि वैज्ञानिकहरू चाहिँ कोरोना भगाउनका लागि खोप कतिपटक लगाउपर्ने हो भनी चिन्ता गर्दैछन् ।

अक्सफोर्ड विश्वविद्यालयको खोप बनाइरहेको कम्पनी एस्ट्राजेनेकाले कम मूल्यमा कोरोना खोप उपलब्ध गराउने र फाइदा कमाउने उद्देश्य नरहेको जनाएको छ ।

दक्षिण अमेरिकामा खोपको मूल्य प्रति डोज ४ डलर पर्ने आस्ट्राजेनेकाका मेक्सिको प्रतिनिधिले बताएका छन् ।

भारतमा यस खोपको उत्पादनमा लागेको सिरम इन्स्टिच्युटले भारत तथा विकासशील देशहरूका लागि यसको मूल्य लगभग ३ डलर पर्ने बताएको छ । त्यो भनेको लगभग ३५० रुपैयाँ हो ।

अस्ट्रेलियाले पनि आस्ट्राजेनेकासँग सम्झौता गरेको छ । प्रधानमन्त्री स्कट मोरिसनले सबै नागरिकलाई कोरोनाको खोप सित्तैमा दिने बताएका छन् । यसका लागि सरकारले कस्तो मूल्य चुकाउनुपर्छ भन्ने विषयमा केही खुलाइएको छ ।

फ्रान्समा सनोफी कम्पनीका प्रमुख ओलिभियर बोगिलोटले कोभिड–१९ खोपको मूल्य प्रति डोज १० युरोभन्दा कम पर्ने सम्भावना रहेको बताए ।

संसारभरिका औषधि कम्पनी र सरकारी एजेन्सीहरू महामारीसँग लड्न र खोप विकसित गर्ने दौडमा छन् ।

चिनियाँ औषधि कम्पनी साइनोफर्मका अध्यक्ष लिऊ जिंगजेनले आफूहरूको खोपको क्लिनिकल ट्रायलको तेस्रो चरण चलिरहेको बताएका छन् ।

बजारमा खोप ल्याएपछि यसको मूल्य दुई डोजको एक हजार चिनियाँ युआनभन्दा कम हुनेछ । त्यो भनेको १६ हजार जति पर्छ । तर स्वास्थ्यकर्मी र विद्यार्थीहरूलाई खोपको डोज सित्तैमा दिनुपर्ने जानकारहरू बताउँछन् ।

उता मोडर्ना कम्पनीले ३३ देखि ३७ डलरसम्ममा उपलब्ध गराउने जनाएको छ । त्यो भनेको लगभग चार हजार रुपैयाँ हो ।

जुलाई महिनामा अमेरिका सरकारले कोरोना खोपका लागि फाइजर र बायोएनटेक कम्पनीसँग १.९७ अर्ब डलर बराबरको सम्झौता गरेको छ ।

फायर्सफर्मा नामक मेडिकल पत्रिकामा छापिएको खबरअनुसार, एसभीबी लिरिंकका विश्लेषक ज्योफ्री पोर्जेसले फाइजर र बायोएनटेकले एमआरएनएमा आधारित कोरोना खोप अमेरिकी सरकारलाई १९.५० डलर प्रति डोजको हिसाबमा बेच्ने बताएका छन् । त्यसमा ती दुई कम्पनीलाई ६० देखि ८० प्रतिशतसम्म लाभ हुन सक्छ ।

खोपको दुई आरम्भिक डोज र एक बूस्टर डोज आवश्यक पर्छ र आम मानिसले ४० डलरसम्म तिर्नुपर्ने हुन सक्छ । खोप अभियानअन्तर्गत यसलाई २० डलरसम्म पर्न सक्छ ।  –लोकान्तर

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com