Home समाचार नगर सभाको माइन्युट च्यातेपछि पक्राउ परे वडाध्यक्ष

नगर सभाको माइन्युट च्यातेपछि पक्राउ परे वडाध्यक्ष

by ईलालटिन
0 comment

धनगढी । नगर सभाको माइन्युट च्यातेको आरोपमा प्रहरीले बाजुराका एक वडाध्यक्षलाई पक्राउ गरेको छ।त्रिवेणी नगरपालिका ७ का अध्यक्ष प्रेमबहादुर थापा पक्राउ परेका हुन्।माइन्युट च्यातेको भन्दै वडाध्यक्षविरूद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि शाहले उजुरी दिएका थिए। उजुरीपछि वडाध्यक्ष थापालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले माइन्युट च्यातेको उजुरीपछि वडाध्यक्ष थापालाई पक्राउ गरिएको बताए। अर्का वडाध्यक्ष वीरबहादुर विष्टमाथि पनि माइन्युट त्यातेको आरोपमा उजुरी परेको छ।वडा नम्बर ९ का अध्यक्ष विष्ट भने फरार रहेको प्रहरी बताउँछ। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरूले माघ १० मा नगरसभाको माइन्युट च्यातेको आरोप छ। नगर सभामा एकलौटी निर्णय भएकोले माइन्युट च्यात्नुपरेको वडा अध्यक्षले जवाफ दिएका छन्। सेतोपाटी ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com