Home समाचार धोबीखोला करिडोरको समस्या तत्काल समाधान गर्न मन्त्री झाँक्रीको निर्देशन

धोबीखोला करिडोरको समस्या तत्काल समाधान गर्न मन्त्री झाँक्रीको निर्देशन

by ईलालटिन
0 comment

काठमाडौं ।  सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बिहीबार धोबीखोला करिडोरको अनुगमन गरेकी छन् ।  मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौ उपत्यका प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोली बिहान बबरमहलदेखि बूढानीलकण्ठसम्मको निरीक्षण गर्न पुगेको हो । टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामाग्री र फुटपाथको अवस्था लगायतको अवलोकन गरेको छ ।

उक्त क्षेत्रको अवलोकन गर्ने क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ  । अनुगमनका क्रममा मन्त्री झाँक्रीले भनिन्, “करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्, म केही दिनमा पुनः अनुगमनमा आउँछु ।” मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com