भक्तपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान गठबन्धनमा न्यायालय मिसाएर छ दल बनाएको आरोप लगाएका छन् । एमाले भक्तपुर जिल्ला कमिटीको आठौँ अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै उनले भने “नेपाली काङ्ग्रेस, माओवादी, नेकपा समाजवादी मात्र नभए न्यायालय पनि गठबन्धन थपियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाली नागरिकको भारतीय सुरक्षाकर्मी हत्या गर्दा समेत बोल्न नसकेको उनको भनाइ थियो ।
राष्ट्रियताको मामिला यो सरकारले केही काम गर्न नसको भन्दै जयसिंह धामीको हत्या भारतले गर्दा विज्ञप्ति निकाल्न नसकेको आरोप लगाए । “केपी ओलीको सरकार ल्याएका विकासका योजनाहरू काटेर गठबन्धन सरकारले जनविरोधी काम गरेको छ,” पोखरेलले भने । पार्टीको जिल्ला अधिवेशनमा विगतका गल्ती कमीकमजोरीको समीक्षा गर्दै अगाडी बढ्न उनले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । कार्यक्रममा सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले ओलीको पालना भक्तपुरमा विकासले कोल्टे फेरेको बताए । केन्द्रीय सदस्य सोमप्रसाद मिश्रले एमालेलाई भक्तपुरमा पहिलो शक्ति बनाउन सबै एकजुट हुनु पर्ने बताए । रातोपाटी ।