Home बुलेट न्युज भारतमा सक्रिय कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो, एकै दिन ५८ हजार नयाँ संक्रमित थपिए

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो, एकै दिन ५८ हजार नयाँ संक्रमित थपिए

by ईलालटिन
0 comment

नयाँ दिल्ली ।  भारतमा कोरोना संक्रमित तिब्र रूपमा बढिरहेको छ। पछिल्लो ८१ दिनपछि पुनः भारतमा सक्रिय संक्रमित संख्या २ लाख नाघेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ नयाँ संक्रमित थपिएका छन्। महाराष्ट्र, पश्चिम बंगाल र नयाँ दिल्लीमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा महाराष्ट्रमा २६ हजार ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा ८ जनाको ज्यान गएको छ।

मुम्बईमा  मात्र १५ हजार १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १२१८ जनालाई अस्पताल भर्ना गर्नुपरेको छ भने ८० जनालाई अक्सिजन आवश्यक परेको मुम्बई राज्य सरकारले जनाएको छ। मुम्बईमा पछिल्लो २४ घन्टामा संक्रमित हुने संख्या ११ हजार २०६ दोस्रो लहरको कोरोनामा सर्वाधिक संक्रमित हो। यो सँगै भारतमा सक्रिय संक्रमितको संख्या २ लाख १४ हजार ४ जना पुगेका छन्। यस्तै १५ हजार ३८९ जना निको भएका छन् भने ५३४ जनाको मृत्यु भएको छ।

यस्तै भारतका २४ राज्यमा ओमिक्रोन फैलिएको छ। पछिल्लो तथ्याङ्क अनुसार २१३५ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ। जसमध्ये सबैभन्दा बढी महाराष्ट्रमा ६५३ र दिल्लीमा ४६४ जनामा ओमिक्रोन पुष्टि भएको छ।   यसैबीच भारतमा ओमिक्रोन संक्रमित एक जनाको मृत्यु भएको छ। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित राजस्थानका ७३ वर्षिय एक पुरूषको निधन भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com