Home बुलेट न्युज राती १२ बजे देखि सकिदै पाल्पाको निशेधाज्ञा, सिमा नाकामा भने कडाइ गरिने

राती १२ बजे देखि सकिदै पाल्पाको निशेधाज्ञा, सिमा नाकामा भने कडाइ गरिने

by ईलालटिन
0 comment

पाल्पा । जारी निशेधाज्ञा शनिबार देखि सकिने भएको छ । गएको ४ गते प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको निशेधाज्ञाको अवधी शुक्रबार राती १२ बजे सकिने भएपछि शुक्रबार सम्पन्न कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समितिको बैठकले निशेधाज्ञा हटाउने निर्णय गरेको हो ।

बैठकले सीमा नाकामा कडाइ गरि जिल्ला भित्र निश्चित मापदण्ड पुरागरि आन्तरिक गतिबिधि खुला गर्ने निर्णय भएको छ । निशेधाज्ञा सकिएपनि सार्वजनिक यातायातका साधन भने संचालन हुने छैन । ५ सय ८९ कोरोना संक्रमित रहेको पाल्पामा अहिले २४ जना सक्रिय सँङक्रमित छन् ।

१९ जना कोरोना संक्रमित आइशोलेसनमा रहेका र पिसिआर परिक्षणका लागि ५ सय बढीको स्वाब पठाएपनि नतिजा नआएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । संक्रमित मध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमण बाट पाल्पामा २ जनाको ज्यान गएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com