Home बुलेट न्युज मेडिकल कलेजमा सहज वातावरणमा भर्ना र पठनपाठन गराउन ७ विद्यार्थी संगठनको माग

मेडिकल कलेजमा सहज वातावरणमा भर्ना र पठनपाठन गराउन ७ विद्यार्थी संगठनको माग

by ईलालटिन
0 comment

काठमाडौं । सात विद्यार्थी संगठनले चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन काठमाडौं विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कलेजहरूसँग माग गरेका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै ती विद्यार्थी संगठनले  चिकित्सा शिक्षाका विद्यार्थीहरूका जायज मागहरुमा ऐक्यबद्धता समेत जाहेर गरेका छन् ।

काठमाडौं विश्वविद्यालयका सम्बन्ध प्राप्त कलेजहरू काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले २०७८ सालको नयाँ भर्नामा एमबीबीएस, बिडिएस, र बी नर्सिङमा राज्यले तोकेको भन्दा बढी- शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन् । सो आन्दोलनप्रति पनि विद्यार्थी संगठनहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

-संयुक्त विज्ञप्तिमा भनिएको छ: ‘काठमाडौं विश्वविद्यालयका सम्बन्ध प्राप्त कलेजहरू काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले २०७८ सालको नयाँ भर्नामा एमबीबीएस, बिडिएस, र बी नर्सिङमा राज्यले तोकेको भन्दा बढी विद्यार्थीहरूबाट आफूखुसी विभिन्न बहानामा लाखौं रुपैयाँ नाजायज शुल्क लिएको गुनासो आएको र ती कलेजमा विद्यार्थीहरु आन्दोलन भएकोप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । विद्यार्थीहरूका मागबारे कलेजहरुले सुनुवाई नगरे आन्दोलन गर्ने समेत संगठनहरुले चेतावनी दिएका छन् । रातोपाटी ।


सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com