Home बुलेट न्युज सिद्धार्थ बैंकको १९औं वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम

सिद्धार्थ बैंकको १९औं वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम

by ईलालटिन
0 comment

काठमाडौं ।  सिद्धार्थ बैंकले (SBL) आफ्नो १९औं वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न स्थानहरुमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि सहभागिता रहेको थियो । पौष ८ गतेदेखि पौष १२ गतेसम्म सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा कुल ८५८ जनाको सहभागिता रहेको थियो जसमा ९४ महिला र ७६४ पुरुष रहेका थिए ।

अस्पतालहरूलाई जहिले पनि रगतको ठूलो आपूर्तिको आवश्यकता रहेको तर हालको कोभिड १९ महामारीले गर्दा नेपाल मात्र होइन, विश्वभर नै अभाव भएको हुनाले यस अभावलाई केही हद सम्म भए पनि कम गर्न र रगत ट्रान्सफ्युजनको आवश्यकता भएका मानिसहरूलाई सहयोग गर्ने उद्देश्य बैंकले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य राखेकोे छ ।मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com