Home विशेष नयाँ क्रान्तिकारी विचारको विकासमा केन्द्रित हुन प्रचण्डको अपिल

नयाँ क्रान्तिकारी विचारको विकासमा केन्द्रित हुन प्रचण्डको अपिल

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मालेमावादी विश्व दृष्टिकोणको आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन अपिल गरेका छन् । विश्व सर्वहारा एवं श्रमजीवी वर्गका नेता माओत्सेतुङको १२९ औँ जन्म जयन्तीको अवसरमा सन्देश जारी गर्दै प्रचण्डले विश्वभरिका श्रमजीवी वर्गमा शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् । उनले सन्देशमा भनेका छन्, ‘२६ डिसेम्बर १८९३ मा जन्मिनुभएका चिनियाँ क्रान्तिका नायक एवं विश्व सर्वहारा वर्गका नेता माओ मार्क्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेता हुनुहुन्थ्यो ।

साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्र भएका मुलुकहरूमा क्रान्तिको कार्यदिशा विकासका निम्ति माओले जुन योगदान गर्नुभएको छ, त्यो विश्वभरिकै सर्वहारा आन्दोलनका निम्ति सार्वभौम रहेको छ । समग्रमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गर्नुभएको योगदान मार्क्सवाद–लेनिनवादको तेस्रो र विकसित रूप अर्थात् माओवादका रूपमा संश्लेषित भएको छ । मालेमावादी विश्व दृष्टिकोणको आलोकमा पार्टीद्वारा सञ्चालित जनयुद्ध एवं जनयुद्धको जगमा स्थापित ऐतिहासिक जनआन्दोलनहरूको बलमा नेपालको पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशिष्टता र मौलिकतासहित मूलभूत रूपमा पूरा भएको प्रचण्डको भनाइ छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com