Home समाचार यी हुन् कांग्रेसमा केन्द्रीय सदस्य निर्वाचित दाङका पाँच जना

यी हुन् कांग्रेसमा केन्द्रीय सदस्य निर्वाचित दाङका पाँच जना

by ईलालटिन
0 comment

दाङ ।  दाङका पाँच जना नेता नेपाली काग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। निर्वाचित पाँचमध्ये चार जना संस्थापन र एक जना मात्रै संस्थापनइतरका हुन्। पूर्वमन्त्री दीपक गिरी र पूर्वसांसद कृष्ण किशोर घिमिरे ३५ खुल्ला सदस्यमा निर्वाचित भएका छन्। यी दुई नेताले मात्रै खुलातर्फ प्रतिस्पर्धा गरेका थिए। गिरी पहिले नै केन्द्रीय सदस्य थिए। तर, घिमिरे भने पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। गिरी संस्थापनइतर र घिमिरे संस्थापन पक्षबाट निर्वाचित भएका हुन्।

तुलसीपुरका गिरीले दाङको क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्छन् भने घोराहीका घिमिरे क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्छन्। तुलसीपुरकै गेहेन्द्र गिरी बिहीबार खस आर्यतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पूर्वसांसद तथा पूर्वजिल्ला सभापति गिरी नाताले दीपक गिरीका दाजु हुन्। त्यस्तै, निर्वाचन क्षेत्र नं. १ बाट स्वर्गीय खुमबहादुर खड्काकी श्रीमती शिला शर्मा खड्का लुम्बिनी प्रदेशको भूगोलबाट खुला सदस्यमा निर्वाचित भएकी छन्। उनी पनि यसअघि केन्द्रीय सदस्य थिइन्।

श्रीमानको मृत्युपछि शिला र उनका छोरा अनुराग राजनीतिमा सक्रिय भएका छन्। त्यस्तै, सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेता योगेन्द्र चौधरी पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। चौधरी थारु खुल्ला क्लष्टरबाट निर्वाचित भएका हुन्। चौधरी विजयकुमारमा गच्छदारको फोरम लोकतान्त्रिक मिसिँदा केन्द्रीय सदस्य बनेका थिए। दाङबाट निर्वाचित पाँचमध्ये नेता दीपक गिरीबाहेक अन्य सबै संस्थापन पक्षधर हुन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com