काठमाडौं । साताकाे अन्तिम काराेबार दिन, सुनको मूल्यमा सामान्य गिरावट आएको छ । पुष ९ गते, शुक्रबार सुन तोलामा २०० रुपैयाँले घटेको छ । यस दिन छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजाबी सुन ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरेहको छ । अघिल्लो कारोबार दिन सुन तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार ३०० रुपैयाँ पुगेको थियो ।
यस साता सुन तोलामा ९०० रुपैयाँले गिरावट भएको छ । गत शुक्रबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा किनबेच भएको थियो । यो साताको बुधबार सुन सबैभन्दा कम मूल्य अर्थात् ९२ हजार ६०० रुपैयाँ तोकिएको थियो । प्रायजसो भने सुन प्रतितोला ९३ हजार रुपैयाँकै आसपासमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने स्थिर रहेको छ । यस दिन चाँदी बिहीबारकै भाउ अर्थात् प्रतितोला एक हजार २६० रुपैयाँमा खरिदबिक्री हुँदैछ । बिहीबार भने चाँदी ताेलामा १५ रूपैयाँले बढेकाे थियाे ।
साताभरमा चाँदी तोलामा १० रुपैयाँले उकालो लागेको छ । पछिल्लो साताको अन्तिम कारोबार दिन चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसपछि भने चाँदीको भाउमा सामान्य उतारचढाव देखि नै रह्यो । यस साताको मंगलबार चाँदी सबैभन्दा न्यूनतम भाउ तोकिएर प्रतितोला एक हजार २३५ रुपैयाँमा झरेको थियो । साताको उच्च कारोबार मूल्य भने बिहीबार र शुक्रबारको रहेको छ । मेरोलगानी ।