Home समाचार कास्कीको नौडाँडामा स्कुटर दुर्घटना, २ जनाको मृत्यु

कास्कीको नौडाँडामा स्कुटर दुर्घटना, २ जनाको मृत्यु

by ईलालटिन
0 comment

काठमाडौं । कास्कीमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका नौ डाँडामा गएराती भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।  गएराती नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग २१ प ४४६० नम्बरको स्कुटर रोकिराखेको ट्रकमा ठोक्किँदा अन्नपूर्ण गाउँपालिका १ नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र २८ वर्षीय सुनिल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवम् प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

डिएसपी तिवारीका अनुसार मृतक सुवेदीले चलाएको स्कुटर गएराती १२ बजे ट्रकमा ठोक्किदा स्कुटरमा सवार दुइ जना गम्भिर घाइते भएका थिए ।  त्यसलगत्तै उनीहरुको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएकामा चिकित्सकले मृत घोषित गरेको डिएसपी तिवारीले बताए । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com