Home बुलेट न्युज नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

by ईलालटिन
0 comment

काठमाडौं । नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन्। प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइन्। उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको बताइन्।

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार २३६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ११ हजार २३३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।७ हजार २३३ जनाको पिसिआर परीक्षण र ४०४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।  २७२ जना निकोसमेत भएको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट २ को मृत्यु भएको छ।   भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौं ७६ संक्रमित थपिएका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com