Home अर्थ/वाणिज्य एनसीएचएल डिजिटल सर्भिसेज आईसीटी अवार्ड्स २०२१बाट सम्मानित

एनसीएचएल डिजिटल सर्भिसेज आईसीटी अवार्ड्स २०२१बाट सम्मानित

by ईलालटिन
0 comment

काठमाडौं । लिभिंग विथ आईसीटीद्वारा बार्षिक रुपमा आयोजना गरिदै आएको आईसीटी अवार्ड्स २०२१अन्तर्गत “डिजिटल सर्भिसेज आईसीटी अवार्ड्स २०२१ “को विधामा यस वर्ष नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) लाई प्रदान गरी सम्मानित गरिएको छ । पौष २ गते आयोजन गरिएको उक्त अवार्ड समारोहमा १२ वटा विधा रहेकोमा आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट व्यक्तित्व, संस्था एवम् प्रोडक्टलाई अवार्ड प्रदान गरिएको हो, जस अन्तर्गत “डिजिटल सर्भिसे

डिजिटल रुपान्तरणका लागि प्रमुख भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएका महत्वपूर्ण योगदानहरुको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो । भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग (एनसीएचएल इसीसी), अन्तर्बैंक विद्युतीय भुक्तानी (एनसीएचएल आईपीएस), कनेक्ट आईपीएस ईपेमेन्ट, कनेक्ट आरटिजिएस, एनपीआई र कर्पोरेट पे लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पु¥याउदै आएको छ ।

एनसीएचएलले आर्थिक वर्ष २०७७/७८ मा १३० खर्ब बराबरको विद्युतीय कारोबार फर्छ्यौट गरेको थियो भने यस आर्थिक वर्षको मंसिर मसान्तसम्म ६५ खर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ, जस अन्तर्गत नेपाल सरकारको विभिन्न निकायहरु, संस्थानहरु, पुँजी बजार, बीमा, रेमिटेन्स, ठूला संस्थाहरु लगायतका विभिन्न रिटेल भुक्तानीका कारोबारहरुलाई सहजीकरण गर्दै आएको छ । हालै विद्युतिय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतिय भुक्तानीका माध्यम बीच अन्तरआबद्धता कायम गर्दै नेपाल भित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन एनसीएचएलले नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन समेत थालनी गरेको छ । डिजिटल सर्भिसेज आईसीटी अवार्ड्स २०२१ ले एनसीएचएललाई आफूले गर्दै आएका काम प्रति थप जिम्मेवारी बोध गराएको छ भने उक्त कार्यलाई निरन्तरता दिन र नयाँ इनोभेटिभ प्रोडक्टहरुको विस्तार गर्न थप प्रोत्साहित गरेको छ ।मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com