Home समाचार लेबनान मिशनका सैनिकको अदलीबदली

लेबनान मिशनका सैनिकको अदलीबदली

by ईलालटिन
0 comment

काठमाडौं  ।  युनिफिल मिशन लेबनानमा शान्ति सैनिकको जिम्मेवारी बहन गरिरहेका नेपाली सेनाको अदलीबदली शुरु गरिएको छ । लेबनानमा कार्यरत बर्दबहादुर गणको ६२ औं डफ्फालाई गोरख बक्स गणको ६३ औं डफ्फाले बदली गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बर्दबहादुर गणलाई बदली गर्नको लागि प्रमुख सेनानी विकास केसीको नेतृत्वमा २१५ जना सैनिक इथिओपियन एअरलायन्सको चार्टर्ड विमानमार्फत मंसिर २९ मा मिशन इलाकामा प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागी नेपाली सेनाले विभिन्न युएन मिशनहरुमा सहभागी भएर द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापनामा महत्वपुर्ण योगदान गर्दै आएको छ । सैनिक अदली बदली गर्दा कोभिड–१९ बिरुद्ध सुरक्षा सतर्कता अपनाइएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com