काठमाडौं । सर्वोच्च अदातलतको पूर्ण बैठक (फुलकोर्ट)ले देशभरका उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोक्ने निर्णय गरेको छ। बुधबार बसेको पूर्ण बैठकले उच्च अदालत र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोक्ने गरी प्रक्रिया लागु गर्ने गरी नियमावली संशोधन गर्ने निर्णय गरेको हो।
सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार माघ २ गतेसम्म नियमावली संशोधन गरेर उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट व्यवस्था गर्ने निर्णय गरिएको हो। आजको बैठकमा १९ न्यायाधीशले उक्त निर्णय गरी प्रधानन्यायाधीसमक्ष हस्ताक्षर गर्न पठाइएको छ। नेपाल बार एसोसिएसनले देशभरका उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोक्नुपर्ने भन्दै धर्ना दिँदै आइरहेको थियो। सेतोपाटी ।