Home समाचार रस्साकस्सीबीच माओवादीको सुदूरपश्चिम कमिटी घोषणा

रस्साकस्सीबीच माओवादीको सुदूरपश्चिम कमिटी घोषणा

by ईलालटिन
0 comment

कैलाली  । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश  सम्मेलनमा नेतृत्व चयनमा भएको रस्साकस्सीका कारण अन्ततः सुदूरपश्चिम प्रदेश कमिटी घोषणा भएको छ । ढिलो गरी सुरु भएको बन्द सत्रले आज नेतृत्व चयन नगरी ११३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो ।आइतबार सम्ममा सकिनु पर्ने सम्मेलन नेतृत्व चयनका को ढिलाइका कारण मंगलबार सम्ममा लम्बिएको थियो । तर ढिलो गरी भए पनि  प्रदेश कमिटी  घोषणा ले केही सहज बनाएको नेकपा माओवादी केन्द्रका नगर सचिव रमेश भट्टराईले रातोपाटीलाई जानकारी दिए ।

 केहीबेर निर्वाचन आयोगका प्रमुख डा केदार चन्द्र भट्ट ले महिला,युवा,दलित,मुस्लिम लगायत समानुपातिक सदस्यको छानबिन गरी सनाखत पछि मात्र प्रदेश कमिटी घोषणा गरेको उनले बताए ।  प्रदेश सदस्यमा कैलाली बाट ६०, बाजुरा १५,डडेलधुरा १५, दार्चुला १६,डोटी १९,बैतडी १९,बझाङ १९, अछाम २२,कञ्चनपुर बाट २८ जना निर्वाचित भएको उनले बताए । निर्वाचित प्रदेश सदस्यको पहिलो बैठक बाट नेतृत्व छनौट गर्ने उनले बताए । यही पुस ११ देखि १३ गते  केन्द्रमा हुने   राष्ट्रिय सम्मेलनका लागि ८९ जना प्रतिनिधि छनौट गरेको छ ।  डोटी  ८,बैतडी ८,डडेलधुरा ७ अछाम बाट ८ जना प्रतिनिधि छनौट भएका छन् ।त्यस्तै बाजुरा ५,बझाङ ६ , दार्चुला ५, कैलाली २४ र कञ्चनपुरबाट १८ जना छनौट भएको उनले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com