Home समाचार देउवा समूहका महामन्त्री आकांक्षी खाण, कार्की र लेखक खुल्ला केन्द्रीय सदस्यका उम्मेदवार

देउवा समूहका महामन्त्री आकांक्षी खाण, कार्की र लेखक खुल्ला केन्द्रीय सदस्यका उम्मेदवार

by ईलालटिन
0 comment

काठमाडौं । शेरबहादुर देउवाका विश्वास पात्र तीन जना नेताले कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।महामन्त्रीमा लड्न मन्त्री पद नै छोड्ने अडान राखेका गृहमन्त्री बालकृष्ण खाण, सूचना तथा प्रसारण मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। देउवाका अर्का विश्वास पात्र रमेश लेखकले पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

खाण, कार्की र लेखक तीनै जना देउवा समूहबाट महामन्त्रीमा आकांक्षी थिए।महामन्त्री पदमा देउवा समूहका प्रकाशशरण महत छन् भने मिल्न आएका सिटौला समूहका नेता प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाइएको छ।सिटौलासँगको समीकरण र भागबण्डापछि महामन्त्री पदकै आकांक्षी विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलमा पुगेका छन्। महामन्त्री पदका लागि मन्त्री छोड्ने अडानमा रहेका खाण र कार्की एकाएक शनिबार पछि हटेका हुन्। उनीहरू तीनै जनाले खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com